बर्दियामा गोरुले हानेर वृद्धको मृत्यु

श्रावण ४, २०८२

रामप्रसाद चौहान 

Old man killed by bull in Bardia

What you should know

बर्दिया — आफ्नै घरमा पालेको गोरुले हानेर एक वृद्धको मृत्यु भएको छ। ठाकुरबाबा नगरपालिका–५ शाहीपुरका ६७ वर्षीय खलक बहादुर थारुको आइतबार बिहान मृत्यु भएको हो।

पालेको गोरु बिहान छुटेर घरबाट करिब १ किलोमिटर टाढा बसन्ता इलाका वन कार्यालयको प्राङ्गणमा पुगेको ठाकुरबाबा नगरपालिका–५ का वडा अध्यक्ष शम्भु प्रसाद थारुले बताए।

‘गोरु बाँध्य डोरी लिएर जानु भएको रहेछ,’ वडाध्यक्ष थारुले भने, ‘घर देखि टाढा र एकान्त भएकोले गोरुले हान्दा कसैले देखेन,घटना स्थलमै उहाँको मृत्यु भएको रहेछ ।’

‘बाख्रा चराउने मान्छेहरुले पल्टेको देखेर खबर गरेका हुन् । म पनि घटना स्थलमै छु । मुचुल्का उठाउने काम भइरहेको,’ अध्यक्ष थारुले भने। 

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully