बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

असार २९, २०८२

रामप्रसाद चौहान 

One person died when a motorcycle hit an electric pole

बर्दिया — मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका–५ जिल्ला समन्वय समिति कार्यालयनजिक भित्री सडकखण्डमा मोटरसाइकल विद्युत पोलमा ठोक्किँदा भारतीय नागरिकको आइतबार दिउँसो मृत्यु भएको हो ।

मोटरसाइकल दुर्घटनामा जिल्ला बहराइच ग्राम मिहिपुरवाका ६५ वर्षीय गुरमुख सिंहको मृत्यु भएको हो । सुहेलवादेखि राधाकृष्ण चोकतर्फ जाँदै गर्दा सिंहले चलाएको भारतीय नम्बरप्लेटको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएको थियो । घाइते सिंहलाई उपचारका लागि तत्काल बर्दिया अस्पताल पुर्‍याइएको थियो ।

उपचारका क्रममा आइतबार दिउँसो ३ बजेर १० मिनेटमा चिकित्सकले  सिंहलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी चक्र बहादुरडमरपालले जानकारी दिए । प्रहरीका अनुसार मृतक सिंह गुलरिया नगरपालिका–८ कोठिया स्थित पन्जाब डिजल वर्कसप सञ्चालन गर्दै आएका थिए । 

रामप्रसाद चौहान  रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully