बर्दियामा लागूऔषधसहित दुई पक्राउ

असार २७, २०८२

रामप्रसाद चौहान 

Two arrested with drugs in Bardia

बर्दिया — बर्दियामा लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। बढैयाताल गाउँपालिका–७ कर्णालीपुरस्थित स्थानबाट लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गुलरिया नगरपालिका–१ खैरापुरका २२ वर्षीय किरण विक र १९ वर्षीय तारा बहादुर चुनी मगर रहेका छन्। दुवै जना भारतबाट नेपालतर्फ शंकास्पद रूपमा आइरहेको अवस्थामा नियन्त्रणमा लिई जाँच गर्दा लुकाई छिपाई राखिएको १ सय ६० मिलिग्राम खैरो रङको गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

दुवै जनालाई नियन्त्रणमा लिई शुक्रबार अदालतबाट ५ दिनको म्याद लिएर इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रहरी निरीक्षक कृष्ण डाँगीले जानकारी दिए।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully