लागू औषधसहित बर्दियामा बाँकेका दुई जना पक्राउ

असार १२, २०८२

रामप्रसाद चौहान 

Two people arrested in Bardiya with drugs

बर्दिया — लागू औषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–७ कण्ठपुरबाट लागू औषधसहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाँके बैजनाथ गाउँपालिका–१ चिसापानीका ३५ वर्षीय मानबहादुर सुनार र २५ वर्षीय नरेश आचार्य रहेका छन् । अदालतबाट बिहीबार ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले खुलाएको छ ।

दुवै जना भारतको बलैगाउँबाट शंकास्पद रूपमा नेपालतर्फ आइरहेको अवस्थामा नियन्त्रणमा लिई चेकजाँच गर्दा लुकाइछिपाइ राखेको अवस्थामा २ ग्राम लागू औषध ब्राउन सुगर फेला परेको प्रहरीको दाबी छ ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी अनुसन्धान भइरहेको डीएसपी चक्रबहादुर डमरपालले जानकारी दिए ।

रामप्रसाद चौहान  रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully