गुलरियामा मनाइयो योग दिवस

असार ७, २०८२

रामप्रसाद चौहान 

Yoga Day was celebrated in Gularia

बर्दिया — योग साधना गरेर गुलरियामा अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । मूल आयोजक समितिको आयोजना, बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्रको सहआयोजना र पतञ्जलि योग समितिको सहकार्यमा शनिबार बिहान योग साधना गरेर गुलरियामा ११औं अन्तर्राष्ट्रिय योग दिवस मनाइएको हो ।

गुलरिया नगरपालिका–७ स्थित बगलामुखी मन्दिरको प्रांगणमा योग साधना गरेर योग दिवस मनाइएको छ । नियमित रुपमा योग साधना गरे मानसिक तथा शारीरिक रुपमा स्वस्थ भइने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । 

दिवसको अवसरमा प्रभात फेरी निकालिएको थियो । गुलरियाको राधाकृष्ण चोकदेखि सुरु भएको प्रभात फेरी मन्दिरको प्रांगणमा पुगेर समापन भएको थियो ।

योग साधनामा प्रजिअ सुरेन्द्र पौडेल, सशस्त्र प्रहरी उपरीक्षक मानबहादुर शाही, नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मल घिमिरे, पतञ्जलि योग समिति, हिन्दु स्वयंसेवक संघ नेपाल, बगलामुखी मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको सहभागिता रहेको थियो ।

रामप्रसाद चौहान  रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully