बर्दिया — गुलरियामा भन्सार छली अवैध रुपमा ल्याएको सामान प्रहरीले बरामद गरेको छ ।
गुलरिया नगरपालिका–५ सहिदगेटबाट अवैध सामान प्रहरीले बुधबार बरामद गरेको हो । बरामद भएको अवैध सामान भारतबाट ल्याइएको प्रहरीको दाबी छ ।
प्रहरीका अनुसार बरामद सामानको मूल्य ४७ हजार ७ सय रुपैयाँ बराबरको युरिया, डिएपी मल, मकैको बिउ, चरी घाँसको बिउ, मोनोजिक र शक्तिमान रहेको छ ।
बरामद सामान राजापुर भन्सार कार्यालय गुलरियामा बुझाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी चक्रबहादुर डमरपालले जानकारी दिए ।
