लागूऔषधसहित बाँकेका दुई जना बर्दियाबाट पक्राउ

असार ३, २०८२

रामप्रसाद चौहान 

Two people with drugs arrested from Bardia

बर्दिया — लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–१ शान्तिपुरबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई सोमबार साँझ पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाँके खजुरा गाउँपालिका–१ बेलडाँडाका २८ वर्षीय तुलप्रसाद थापा र ३१ वर्षीय प्रकाश थापा रहेका छन् । 

लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो । दुवै जनालाई नियन्त्रणमा लिई जाँच गर्दा लुकाई राखेको ८० मिलिग्राम लागूऔषध ब्राउन सुगरजस्तो देखिने खैरो रङको धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ । 

दुवै जनालाई अदालतबाट ५ दिनको म्याद लिई इप्रका मैनापोखरमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी चक्रबहादुर डमरपालले जानकारी दिए ।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully