बर्दिया — लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मधुवन नगरपालिका–७ का २२ वर्षीय डिलबहादुर बस्नेत र वडा नं. ५ का २२ वर्षीय झलक डाँगीलाई प्रहरीले लागूऔषध ब्राउन सुगरसहित शनिबार पक्राउ गरेको हो । शंकास्पद रुपमा रहेका दुवै जनालाई मधुवन–७ स्थित गोपाल चोकबाट नियन्त्रणमा लिई जाँच गर्दा लागूऔषध फेला परेको प्रहरीको दाबी छ ।
लुकाइछिपाई प्लास्टिकमा राखेको २ सय ५० मिलीग्राम लागूऔषध खैरो रङको गिलो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालयले आइतबार साँझ जारी गरेको विज्ञप्ति उल्लेख छ ।
दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
