हेल्मेटमा लागूऔषध राख्ने दुई जना पक्राउ

जेष्ठ २१, २०८२

रामप्रसाद चौहान 

Two arrested for having drugs in their helmets

बर्दिया — ब्राउन सुगरसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–८ कण्ठपुर चेकपोस्टस्थितबाट दुई जनालाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाँसगढी नगरपालिका–८  का २५ वर्षीय श्रीकृष्ण श्रेष्ठ र २२ वर्षीय राजितराम चौधरी छन् । दुवै जना बा ५० प ७७३३ नम्बरको मोटरसाइकलमा सवार भई भारतबाट नेपालतर्फ शंकास्पद रूपमा आइरहेको बेला नियन्त्रणमा लिई चेक गर्दा लागूऔषध फेला परेको प्रहरीले दाबी गरेको छ ।

हेल्मेटभित्र लुकाइराखेको २ सय ६० मिलिग्राम लागूऔषध ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ । दुवै जनालाई नियन्त्रणमा लिई अदालतबाट ५ दिनको म्याद लिई इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डीएसपी चक्रबहादुर डमरपालले जानकारी दिए ।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully