मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

जेष्ठ ११, २०८२

रामप्रसाद चौहान 

Two people died in a motorcycle accident

बर्दिया — मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। गुलरिया नगरपालिका-२ का अन्दाजी २८ वर्षीय देवानन्द यादव र टंकबहादुर बीसीको मोटरसाइकल दुर्घटनामा परी गएराति साढे १२ बजे मृत्यु भएको हो।

यादवले चलाएको भे १३ प २६६९ नम्बरको मोटरसाइकल र बीसीले चलाएको भे ६ प ५४१ नम्बरको मोटरसाइकल मधुवन नगरपालिका-८ लालसिंह चोकस्थित एकआपसमा ठोक्किएका थिए। 

दुर्घटनामा परी यादव र बीसीसहित तीन जना घाइते भएका थिए। घाइतेहरूलाई उपचारको लागि प्रहरीले बर्दिया अस्पताल पुर्‍याएको थियो ।उपचारको क्रममा साढे १२ बजे यादव र बीसीको मृत्यु भएको हो।

यादवसँगै बाइकमा सवार रहेका घाइते ३२ वर्षीय अनुपम यादवलाई  भने थप उपचारका लागि नेपालगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी चक्रबहादुर डमरपालले जानकारी दिए। 

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully