स्रोत नखुलेको तीन लाख रुपैयाँसहित दुई जना भारतीय नागरिक पक्राउ

वैशाख २९, २०८२

रामप्रसाद चौहान 

Two Indian nationals arrested with three lakh rupees of undisclosed source

बर्दिया — स्रोत नखुलेको नेपाली रकमसहित दुई भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

गुलरिया नगरपालिका–८ आशापुर स्थितबाट चेकजाँको क्रममा सशस्त्र प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको हो । 

पक्राउ परेका भारतीय नागरिकको नाम गोप्य राखिएको छ । भारतीय मोटरसाइकलमा आईरहेका दुई जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा ३ लाख २२ हजार नेपाल रुपियाँ बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नंम्बर ३१ गणका गणपति मानबहादुर शाहीले बताए । 

बरामद रकमको स्रोत नखुलेपछि आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा बुझाएको गणपति शाहीले जनाए ।

रकमसहित पक्राउ परेका दुवै जनाविरुद्ध शुक्रबार भन्सारमा चोरी पैठारी मुद्दा दर्ता भएको गुलरिया छोटी भन्सार कार्यालयका प्रमुख धन बहादुर शाहीले जानकारी दिए ।

रामप्रसाद चौहान  रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully