बबईमा नुहाउन गएका युवक बेपत्ता

वैशाख १०, २०८२

रामप्रसाद चौहान 

A young man who went to bathe in Babai is missing

बर्दिया — बबई (भादा) नदीमा नुहाउन गएका युवक बेपत्ता भएका छन् ।

गुलरिया नगरपालिका–६ का २० वर्षीय सिर्जन पोखरेल बुधबार साढे ५ बजे भादा नदीमा बेपत्ता भएका हुन् । गुलरिया नगरपालिका–५ भादा नदी रामबाग भन्ने स्थान नजिक साथीहरुसँग नुहाउन गएको बेला युवक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भुपेन्द्र शाहीले बताए ।

‘बेपत्ता युवालाई खोज्न सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन भईसकेको छ,’ उनले जनाए ।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully