दाउन्नेमा घण्टौं सवारी जाम, यात्रुको बेहाल [तस्बिरहरू]

चैत्र २९, २०८१

नवीन पौडेल र नारायण शर्मा

Hour-long traffic jam in Daune, passengers in distress [Photos]

परासी — अछामका हृदयराम न्यौपाने कृषि प्राविधिकको परीक्षाका लागि विराटनगर गएका थिए । शनिबार बुटवलमा पनि कृषि प्राविधिककै परीक्षा छ । त्यसैका लागि सहभागी हुन साथीहरूसँग बुटवल हिँडेका उनी बिहीबार राति २ बजे दुम्किबास आइपुगे ।

Hour-long traffic jam in Daune, passengers in distress [Photos]

बुटवलकी शर्मिला घिसिङ पनि काठमाडौंबाट बिहान ६ बजे दुम्किबास आइपुगिन् । ११ बजेपछि दाउन्ने खण्डमा यातायात बन्द हुने जानकारी उनले पाएकी थिइन् । दिउँसो २ बजेसम्म भोकभोकै जाममा परेपछि उनी घण्टौंसम्म सडक मर्मत नगर्ने ठेकेदार र सडक विभागप्रति आक्रोश पोख्दै थिइन् । तराईको चर्को घाममा यात्रु पानीसमेत पिउन नपाएर घाममा बस्नुपर्ने बाध्यता छ । ‘दुई दिनसम्म मुख्य राजमार्गमा यातायात नचल्दा यात्रुको कस्तो बेहाल हुन्छ ?' उनले भनिन्, ‘ठेकेदारले नगरे सरकार आफैले भए पनि मर्मत गरेर यातायात सञ्चालन गर्नुपर्छ ।’

Hour-long traffic jam in Daune, passengers in distress [Photos]

सडक विस्तारका क्रममा रहेको बुटवल-नारायणगढ सडक खण्डको दाउन्नेमा सवारी बिग्रिँदा पनि यातायात एकतर्फी भएर घण्टौं जाम हुने गरेको छ । दाउन्ने खण्डमा बिग्रिएका सवारी साइड लगाउन चौबीसै घण्टा डोजर राख्ने, खाडल पुर्ने विषयमा पटकपटक छलफल भए पनि कार्यान्वयनमा नआउँदा यात्रुले ६ वर्षदेखि यो सडक खण्डमा कष्टकर यात्रा गर्न बाध्य छन् । शुक्रबार दिउँसो ३ बजेबाट एकतर्फी भएको यो सडकखण्डमा सवारीको अझै पनि लामो जाम छ ।

Hour-long traffic jam in Daune, passengers in distress [Photos]
Hour-long traffic jam in Daune, passengers in distress [Photos]
Hour-long traffic jam in Daune, passengers in distress [Photos]
Hour-long traffic jam in Daune, passengers in distress [Photos]
Hour-long traffic jam in Daune, passengers in distress [Photos]

नवीन

Link copied successfully