मोटरसाइकल दुर्घटनामा असईको मृत्यु

चैत्र २७, २०८१

रामप्रसाद चौहान 

Asai died in a motorcycle accident

बर्दिया — मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियामा कार्यरत असई टोपबहादुर बस्नेतको मोटरसाइकल दुर्घटनामा बुधबार दिउँसो मृत्यु भएको हो । 

फरार प्रतिवादी खोजतलासमा खटिएको बेला दुर्घटनामा परी असई बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ऋषीराम घर्तीमगरले जानकारी दिए । 

नेपालगंज गुलरिया सडकअन्तर्गत बाँकेको मानपुरस्थित मोटरसाइकल र ट्र्याक्टरको ट्रालीमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

रामप्रसाद चौहान  रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully