मध्यराति चर्को आवाजमा गीत नबजाउन आग्रह गर्दा उल्टै प्रहरीमाथि आक्रमण, ६ जना पक्राउ

चैत्र २६, २०८१

रामप्रसाद चौहान 

In the middle of the night, policemen were attacked, 6 people were arrested when they asked them not to play loud music

बर्दिया — प्रहरीलाई आक्रमण गरेको आरोपमा ६ जना स्थानीय युवा पक्राउ परेका छन् । सोमबार राति गुलरिया नगरपालिका–४ स्थित बेलौलीमा चर्को आवाजमा डिजे बजाएर नाचगान गरिरहेको गुनासो आएपछि पुगेका प्रहरीलाई युवाहरुले आक्रमण गरेका थिए । 

प्रहरीले डिजेको आवाज कम गराउन आग्रह गर्दा दुई पक्षबीच झडप भएको स्थानीयले बताए । सशस्त्र प्रहरी सेनामुखी प्रहरी चौकीबाट खटिएका एक हवल्दार र प्रहरी जवानलाई युवाले आक्रमण गर्दा घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीले मध्यराति चर्को आवाजमा गीत बजाएर होहलला नगर्न सम्झाउँदा उल्टै प्रहरीमाथि आक्रमण गरेपछि पक्राउ गरिएको बर्दियाका एसपी केदार खनालले बताए । झडपमा संलग्न अन्यको पनि खोजी भइरहेको खनालले जानकारी दिए ।

रामप्रसाद चौहान  रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully