बोतलमा बिक्री गर्न राखेको पेट्रोल बरामद

चैत्र १७, २०८१

रामप्रसाद चौहान 

Bottled petrol seized

बर्दिया — अनाधिकृत खुद्रा तथा किराना पसलहरूमा बिक्री वितरण गर्न राखेको पेट्रोल प्रहरीले बरामद गरेको छ ।

अति प्रज्वलनशिल पदार्थ पेट्रोल प्लाष्टिक बोतल तथा ग्यालिनमा राखेर बिक्री वितरण गरिरहेको अवस्थामा प्रहरीले बरामद गरेको हो ।

पेट्रोल बरामद गरी आवश्यक कारबाहीको लागि शनिबार नेपाल आयल निगम लिमिटेड ईन्धन डिपो बाँकेलाई बुझाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार बाँसगढी, मधुवनबाट, बारबर्दिया र गुलरिया नगरपालिका क्षेत्रबाट १ सय ९७ लिटर पेट्रोलियम पदार्थ बरामद भएको थियो ।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully