धनकुटामा नेपाल प्रहरीको स्वास्थ्य सचेतना र्‍याली

जिल्ला प्रहरी कार्यालय धनकुटा परिसरबाट सुरु भएको र्‍याली बजारका विभिन्न भागको परिक्रमा गर्दै पुन: कार्यालयमा पुगेर समापन भएको थियो।

वैशाख २, २०८३

विनोद घिमिरे

Nepal Police health awareness rally in Dhankuta

धनकुटा — धनकुटा प्रहरीले बुधबार स्वास्थ्य सचेतना र्‍याली निकालेको छ । अन्तर्राष्ट्रिय आरोग्य दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय धनकुटाले स्वास्थ्य सचेतना र्‍याली आयोजना गरेको हो।

स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ नगर परिक्रमा गरिएको धनकुटाका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले बताए । र्‍यालीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा कार्यरत प्रहरीको उपस्थिति थियो।

जिल्ला प्रहरी कार्यालय धनकुटा परिसरबाट सुरु भएको र्‍याली बजारका विभिन्न भागको परिक्रमा गर्दै पुन: कार्यालयमा पुगेर समापन भएको थियो। र्‍यालीमा सहभागीले ‘स्वास्थ्य नै धन हो’, ‘स्वस्थ जीवनशैली अपनाऔं’ लेखिएका सन्देश अंकित प्लेकार्ड बोकेका थिए।

कार्यक्रममा प्रहरी उपरीक्षक थापा क्षेत्रीले व्यक्तिगत तथा सामुदायिक स्वास्थ्यप्रति सचेत रहनु अत्यन्त आवश्यक रहेको बताए। उनले नियमित व्यायाम, सन्तुलित आहार र सरसफाइमा ध्यान दिन सबैलाई आग्रह गरे।

अन्तर्राष्ट्रिय आरोग्य दिवस प्रत्येक वर्ष अप्रिल १५ मा मनाइने गरिन्छ। दिवसले जनस्वास्थ्यसँग सम्बन्धित विभिन्न मुद्दामा सचेतना फैलाउने तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully