धनकुटामा निर्माणाधीन घरमा ढिस्को झर्दा कामदार पुरिए, उपचार हुँदै

उनको अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

चैत्र १४, २०८२

विनोद घिमिरे

Worker buried in landslide at under-construction house in Dhankuta, undergoing treatment

धनकुटा — धनकुटा नगरपालिका–७ मा निर्माणाधीन घरमा काम गर्ने क्रममा एक कामदार घाइते भएका छन् । 

धनकुटा नगरपालिका–१० का ३५ वर्षीय रामबहादुर तामाङको निर्माणाधीन घरको डिस्कोले पुरिँदा परिचय मोडका सुमन श्रेष्ठ काम गर्ने क्रममा पुरिएका थिए । 

घटनालगत्तै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले उनको उद्धार गरी जिल्ला अस्पताल धनकुटामा पुर्‍याएको थियो । हाल उनको अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको धनकुटाका प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully