कृष्णकुमारी श्रेष्ठ धनकुटा बजारको गोकुण्डेश्वर माध्यमिक विद्यालय शिरानबजारकी पूर्वप्रधानाध्यापकसमेत हुन्
धनकुटा — शिक्षासेवी कृष्णकुमारी श्रेष्ठको निधन भएको छ । धनकुटा बजारको गोकुण्डेश्वर माध्यमिक विद्यालय शिरानबजारकी पूर्वप्रधानाध्यापकसमेत रहेकी श्रेष्ठको आज बिहान निधन भएको विद्यालयका प्रधानाध्यापक यज्ञप्रकाश चापागाईंले जानकारी दिए।
शैक्षिक प्रशासनमा अब्बल मानिने श्रेष्ठ गोकुण्डेश्वर माध्यमिक विद्यालयको प्रधानाध्यापक समेत थिइन्। श्रेष्ठको नेतृत्वमा विद्यालयले शैक्षिक गुणस्तर सुधार अनुशासन तथा समग्र व्यवस्थापनमा उल्लेखनीय प्रगति हासिल गरेको चापागाईंले बताए ।
