अझै पनि पहिरो खस्ने क्रम जारी रहेकाले उक्त सडक खण्डमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनद्वारा सर्वसाधारणलाई आग्रह ।
धनकुटा — जिल्लाको साँगुरीगढी गाउँपालिका–६ थुम्कीस्थित निर्माणाधीन रवि–राँके–भेडेटार सडक खण्डमा पहिरो खस्दा अवरुद्ध भएको सडक आइतबारबाट पुनः सुचारु गरिएको छ।
शनिबार अपराह्न करिब साढे ४ बजे अविरल वर्षापछि सडकमाथिबाट पहिरो खस्दा उक्त सडक पूर्णरूपमा अवरुद्ध भएको थियो।
यद्यपि, सो क्षेत्रमा अझै पनि पहिरो खस्ने क्रम जारी रहेकाले उक्त सडक खण्डमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ।
