धनकुटा प्रशासनद्वारा होली पर्व मर्यादित रूपमा मनाउन आग्रह

जिल्ला प्रशासन कार्यालयले होलीको अवसरमा कसैको इच्छा विपरीत रंग लगाउने, लोला हान्ने, पानी तथा हिलो छ्याप्ने, जबरजस्ती अबिर दल्ने जस्ता गतिविधि नगर्न अनुरोध गरेको छ।

फाल्गुन १५, २०८२

विनोद घिमिरे

Dhankuta administration urges people to celebrate Holi festival in a dignified manner

काठमाडौँ — फागु पूर्णिमा (होली) पर्व नजिकिँदै गर्दा धनकुटा जिल्ला प्रशासनले सबैलाई मर्यादित र सभ्य रूपमा पर्व मनाउन आग्रह गरेको छ। पहाडी क्षेत्रमा यस वर्ष फागुन १८ मा होली मनाइँदैछ।

जिल्ला प्रशासन कार्यालयले होलीको अवसरमा कसैको इच्छा विपरीत रंग लगाउने, लोला हान्ने, पानी तथा हिलो छ्याप्ने, जबरजस्ती अबिर दल्ने जस्ता गतिविधि नगर्न अनुरोध गरेको छ। साथै, मादक तथा नशालु पदार्थ सेवन गरी सवारी साधन चलाउने, झगडा गर्ने, सार्वजनिक स्थानमा हो–हल्ला गर्ने, चर्को आवाजमा बाजागाजा बजाउने जस्ता अवाञ्छित क्रियाकलापमा पनि रोक लगाइएको छ।

धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीले जनाए अनुसार, कसैको निजी जीवनमा असर पर्ने खालका कार्य नगर्न सबैलाई सचेत गराइएको छ।

विनोद घिमिरे घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully