धनकुटामा मदिरा बिक्रीवितरण र सेवनमा प्रतिबन्ध

जिल्ला प्रशासन कार्यालय धनकुटाले निर्वाचनको अन्तिम मत परिणाम घोषणा नभएसम्मका लागि प्रतिबन्ध लागू गरिएको जनाएको हो ।

फाल्गुन १५, २०८२

विनोद घिमिरे

Ban on sale, distribution and consumption of alcohol in Dhankuta

धनकुटा — धनकुटामा मदिराजन्य वस्तुको उत्पादन, बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले मदिराजन्य वस्तु सेवन र बिक्रीवितरणमा रोक लगाएको हो ।

जिल्ला प्रशासन कार्यालय धनकुटाले निर्वाचनको अन्तिम मत परिणाम घोषणा नभएसम्मका लागि प्रतिबन्ध लागू गरिएको जनाएको हो ।

धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीले धनकुटा जिल्लाभित्र घरेलु मदिरा उत्पादन गर्न, सबै प्रकारका मादक पदार्थ बिक्रीवितरण गर्न तथा सेवन गर्न निषेध गरिएको जनाए ।

रेग्मीले सूचना विपरीत गतिविधि गरे प्रचलित कानुनबमोजिम कारबाही गरिने बताए ।

 

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully