एमालेद्वारा आचारसंहिता उल्लंघन भएको भन्दै धनकुटा  कांग्रेसको आपत्ति

धनकुटा कांग्रेसले लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण गर्दै स्वच्छ र निष्पक्ष निर्वाचन गराउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने उल्लेख गर्दै आचारसंहिता उल्लंघनकर्तामाथि कारबाही नभए पार्टी र जनस्तरबाट कडा प्रतिवाद गर्ने चेतावनीसमेत दिएको छ।

माघ २१, २०८२

विनोद घिमिरे

Dhankuta Congress objects to UML violating code of conduct

धनकुटा — आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा धनकुटामा नेकपा एमालेले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाली कांग्रेस धनकुटाले आपत्ति जनाएको छ।

कांग्रेस धनकुटाले बुधबार विज्ञप्ति जारी गर्दै एमाले उम्मेदवार तथा निर्वाचित जनप्रतिनिधिहरूबाट मतदातालाई प्रभावित पार्ने गतिविधि भइरहेको आरोप लगाएको हो।

एमालेका तर्फबाट मतदातालाई नगद तथा विभिन्न भौतिक सामग्री वितरण गर्ने, साउण्ड सिस्टम र बाजागाजासहित प्रचार गर्ने, गाडी तथा अन्य सवारीसाधनमा पार्टीका झण्डा र चुनाव चिह्न राखी प्रचार–प्रसार गर्ने लगायतका गतिविधि निरन्तर भइरहेको धनकुटा कांग्रेसका सचिव विजयसन्तोषी राईले बताए । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालय धनकुटालाई ध्यानाकर्षण गराउँदै सम्बन्धित उम्मेदवारमाथि छानबिन र आवश्यक कारबाही गर्न राईले विज्ञप्तिमार्फत माग पनि गरेका छन् ।

धनकुटा कांग्रेसले लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण गर्दै स्वच्छ र निष्पक्ष निर्वाचन गराउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने उल्लेख गर्दै आचारसंहिता उल्लंघनकर्तामाथि कारबाही नभए पार्टी र जनस्तरबाट कडा प्रतिवाद गर्ने चेतावनीसमेत दिएको छ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully