धनकुटाको त्रिशूलेमा बस दुर्घटना : ६ जना घाइते 

तेह्रथुमबाट दमक जाँदै गरेको को १ ख ५१०५ नम्बरको बस दुर्घटनामा परेको हो ।

माघ १६, २०८२

विनोद घिमिरे

Bus accident in Trishule, Dhankuta: 6 injured

धनकुटा — धनकुटाको त्रिशूलेमा बस दुर्घटना भएको छ । तेह्रथुमबाट दमक जाँदै गरेको को १ ख ५१०५ नम्बरको बस दुर्घटनामा परेको हो । बस सडकबाट तल खसेको घटनास्थलमा रहेका सुमन पौडेलले जानकारी दिए । 

घाइतेहरूको उद्धारका लागि प्रहरीको टोली घटनास्थल जाँदै गरेको धनकुटाका एसपी सरतकुमार थापा क्षेत्रीले बताए ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully