वसन्त पञ्चमीमा विद्यालयलाई ५० सेट डेस्क-बेन्च हस्तान्तरण

गोर्खा वेलफेयर ट्रष्टले सदरमुकामको भाषा माविलाई ५० सेट डेस्क र बेन्च उपलब्ध गराएको हो।

माघ ९, २०८२

विनोद घिमिरे

50 sets of desks and benches handed over to schools on Basant Panchami

धनकुटा — वसन्त पञ्चमीको अवसरमा भाषा माध्यमिक विद्यालयलाई डेस्क–बेन्च प्रदान गरिएको छ।

गोर्खा वेलफेयर ट्रष्टले सदरमुकामको भाषा माविलाई ५० सेट डेस्क र बेन्च उपलब्ध गराएको हो।

तेह्रथुमको जिरिखिम्तीमा रहेको ट्रष्टले विद्यालयका लागि ३ लाख ६० हजार रुपैयाँको डेस्क र बेन्च उपलब्ध गराएको भाषा माविका प्रधानाध्यापक गोविन्द राईले जानकारी दिए । डेस्क, बेन्चका लागि विद्यालयले कुल लागतको १० प्रतिशत खर्च व्होरेको छ।

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले विद्यालयको भौतिक र शैक्षिक वातावरण सुधार्न सहयोग पुग्ने बताए। विद्यालयका प्रधानाध्यापक गोविन्द राईले पुराना डेस्क, बेन्चका कारण असुविधाका साथ पठनपाठन गर्नुपर्ने अवस्थाको अन्त्य भएको जनाए। 

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully