धनकुटाकी १०३ वर्षीया वृद्धाको निधन

विसं १९७९ मा जन्मिएकी छथर जोरपाटी गाउँपालिका-६ सिधुवा बजारकी अन्नपूर्ण गुरुङको निधन भएको हो ।

पुस २, २०८२

विनोद घिमिरे

103-year-old woman from Dhankuta passes away

धनकुटा — धनकुटाको छथरजोरपाटी गाउँपालिकाकी १०३ वर्षीया वृद्धाको निधन भएको छ । छथरजोरपाटी गाउँपालिका-६ सिधुवा बजारकी अन्नपूर्ण गुरुङको निधन भएको वडाध्यक्ष दीपक गुरुङले जानकारी दिए ।

उनको जन्म विसं १९७९ मा भएको थियो । केही दिनअघि उनलाई निमोनिया भएको र त्यसको उपचार गरिएको वडाध्यक्ष  गुरुङले जानकारी दिए । 

उपचारपछि उनी बोल्न सक्ने भएकी थिइन् । उनलाई कुनै किसिमको दीर्घरोग भने नरहेको पारिवारिक स्रोतले जनाएको छ । मृतक गुरुङका २ छोरा र एक छोरी छन् । 

विनोद घिमिरे घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully