धनकुटामा पुलबाट खसेर महिलाको मृत्यु

पुलतर्ने क्रममा झोलुङ्गे पुलबाट खोलामा खसेर ७८ वर्षीय बीसमाया लिम्बुको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंसिर २२, २०८२

विनोद घिमिरे

Woman dies after falling from bridge in Dhankuta

धनकुटा — लेउती खोलामाथीको झोलुङ्गे पुलबाट खसेर एक जनाको मृत्यु भएको छ ।

धनकुटाको साँगुरीगढी ४ मा आइतबार साँझ एकजना बृद्ध महिलाको मृत्यु भएको हो । 

पुलतर्ने क्रममा झोलुङ्गे पुलबाट खोलामा खसेर ७८ वर्षीय बीसमाया लिम्बुको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

घट्नाको प्रारम्भिक अनुसन्धान पूरा गरि शव पोष्टमार्टमका लागि धनकुटा अस्पताल पठाइएको प्रहरीले जनाएको छ । 

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully