अर्थ– दु:ख आइपर्दा पनि के–के न भयो भनेर दु:खी हुनु हुँदैन । त्यस्तै सुखी हँुदा पनि अरू कसैलाई वास्ता नगरेर धेरै फुर्किनु हुँदैन । सधैं सुझबुझमा रहनुपर्छ ।
नआत्तिनु नमात्तिनु
अर्थ– दु:ख आइपर्दा पनि के–के न भयो भनेर दु:खी हुनु हुँदैन । त्यस्तै सुखी हँुदा पनि अरू कसैलाई वास्ता नगरेर धेरै फुर्किनु हुँदैन । सधैं सुझबुझमा रहनुपर्छ ।
सबै औंला बराबर हुन्नन्
अर्थ– सबै मानिसको स्वभाव उस्तै हुन्न । जसको जस्तो स्वभाव भए पनि आफूले चित्त बुझाउन सक्नुपर्छ । अरूलाई यो यस्तो र ऊ उस्तै भन्दै हिँड्नु हुँदैन ।
भाइ फुटे गबार लुटे
अर्थ– आफूआफू झगडा गर्यो भने पराईले अवसरको फाइदा उठाउँछ । त्यसैले आफूआफूमा मिलेर बस्नुपर्छ ।