मध्यपहाडी राजमार्गमा जिप दुर्घटना : सात जना घाइते

बागलुङको गल्कोटदेखि सदरमुकाम आउँदै गरेको लु ३ च ५१५० नम्बरको पिकअप जिप बागलुङ नगरपालिका-३ बडहरेमा बुधबार बिहान दुर्घटना भएको हो । 

चैत्र ४, २०८२

प्रदीप पन्त

Jeep accident on Mid-Hill Highway: Seven injured

बागलुङ — मध्यपहाडी राजमार्गमा बुधबार भएको जिप दुर्घटनामा सात जना घाइते भएका छन् । बागलुङको गल्कोटदेखि सदरमुकाम आउँदै गरेको लु ३ च ५१५० नम्बरको पिकअप जिप बागलुङ नगरपालिका-३ बडहरेमा बुधबार बिहान दुर्घटना भएको हो । 

दुर्घटनामा चालकसहित सात जना घाइते भएको र उनीहरूको धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाण्डेले जानकारी दिए । 

घाइते सबै गल्कोट नगरपालिकाका स्थानीय रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको पाण्डेले बताए ।  जिप अनियन्त्रित भई सडकको नालीमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । 

प्रदीप

Link copied successfully