डिएलए बागलुङको अध्यक्षमा गौतम निर्वाचित

शुक्रबार बागलुङमा भएको २० औं साधारणसभा तथा ७ औ जिल्ला अधिवेशनबाट गौतमको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन भएको हो ।

फाल्गुन २९, २०८२

प्रदीप पन्त

Gautam elected as DLA Baglung chairman

बागलुङ — नेपाल डेमोक्रयाटिक लयर्स एशोशियसन (डिएलए) बागलुङको अध्यक्षमा अधिवक्ता हरिप्रसाद गौतम निर्वाचित भएका छन् ।

शुक्रबार बागलुङमा भएको २० औं साधारणसभा तथा ७ औ जिल्ला अधिवेशनबाट गौतमको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन भएको हो ।

समितिको उपाध्यक्षमा शिवराज पन्त, सचिव ज्ञानेन्द्र पन्त, कोषाध्यक्षमा नगेन्द्रप्रताप सिंह बुढाथोकी निर्वाचिन भएको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता कृष्णप्रसाद न्युरेले जानकारी दिए ।

समितिको अन्य सदस्यमा लक्ष्मीदेवी जिसी कार्की, रामराज कँडेल, बिनिता शर्मा र प्रकाश बराल निर्वाचित भएका छन् । समितिमा एक सदस्यपछि मनोनयन गरिने भएको छ । 

डिएलएको केन्द्रीय प्रतिनिधिमा अधिवक्ता निरन्जनलाल राजभण्डारी, अखिलनाथ शर्मा र बद्रिप्रसाद शर्मा चयन भएको निर्वाचन समितिले जानकारी दिएको छ । 

प्रदीप

Link copied successfully