बागलुङका २३ उम्मेदवारमा दुई मात्र महिला

दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा विभिन्न राजनीतिक दलबाट २३ जनाको उम्मेदवारी रहेकामा महिलाको संख्या दुई मात्र रहेको छ ।

माघ २०, २०८२

प्रदीप पन्त

Only two of Baglung's 23 candidates are women

बागलुङ — प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङमा प्रत्यक्षतर्फ महिला उम्मेदवार दुई जना मात्र छन् ।

दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा विभिन्न राजनीतिक दलबाट २३ जनाको उम्मेदवारी रहेकामा महिलाको संख्या दुई मात्र रहेको छ ।

बागलुङ निर्वाचन क्षेत्र नम्बर १ मा मंगोल नेशनल अर्गनाइजेसनले गुमाकुमारी बुढा मगर र क्षेत्र नम्बर २ मा एमालबाट मञ्जु शर्मा चालिसे उम्मेदवार छन् । क्षेत्र नम्बर १ मा ११ र २ मा १२ दलका उम्मेदवार रहेको जिल्ला निर्वाचन कार्यालय प्रमुख यज्ञप्रसाद रिजालले बताए ।

प्रतिनिधिसभा निर्वाचनमा दलहरुले प्रत्यक्ष तर्फ महिला उम्मेदवार कम सङख्यामा अघि सार्नु परम्परागत शैली रहेको उच्च अदालत बार एशोसिएसन बागलुङकी अध्यक्ष अधिवक्ता गिता श्रीशले बताउँछिन् । ‘दलहरुमा अझै पनि पुरुष मात्रै सक्षम छन् भन्ने सोच छ,’ श्रीशले भनिन्, ‘महिलालाई विश्वास गर्न नसक्नु दलहरुको पुरानो सोच रहेको छ । आगामी दिनमा अनिवार्य रुपमा महिलाको अधिकार सुनिश्चित हुनुपर्छ ।’ 

बागलुङका दुई निर्वाचन क्षेत्रमा कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, राप्रपा, श्रम संस्कृति, नेपाल मानववादी पार्टी, मंगल नेशनल अर्गनाइजेसन, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेशनल रिपब्लिक नेपाल, नेकपा माओवादीका उम्मेदवार चुनावी मैदानमा रहेका छन् । 

प्रदीप

Link copied successfully