मन्थली ‘उत्कृष्ट नगरपालिका'

देशभरका नगरपालिकाहरूको अध्ययन, सर्वेक्षण तथा मूल्याङ्कनपश्चात् संघले स्थानीय आर्थिक विकास क्षेत्रमा उल्लेख्य कार्यसम्पादन गरेको भन्दै उत्कृष्ट नगरका रूपमा छनोट गरेको हो ।

चैत्र २६, २०८२

नवराज श्रेष्ठ

Manthali 'Excellent Municipality'

रामेछाप — नेपालका नगरपालिकाहरूको प्रतिनिधि संस्था नेपाल नगरपालिका संघले रामेछापको मन्थली नगरपालिकालाई 'उत्कृष्ट नगरपालिका' घोषणा गरेको छ।

आर्थिक वर्ष २०८१/८२ मा स्थानीय आर्थिक विकास क्षेत्रमा उल्लेख्य कार्यसम्पादन गरेको आधारमा मन्थली नगरपालिकालाई ‘उत्कृष्ट नगरपालिका पुरस्कार २०८२’ प्रदान गरिएको हो। नेपाल नगरपालिका संघको ३३ औं स्थापना दिवसको अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा सम्मान पत्र हस्तान्तरण गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठलाई सम्मान-पत्र तथा दोसल्लाले सम्मान गरे। सम्मान-पत्रमा स्थानीय आर्थिक विकास, सुशासन तथा प्रभावकारी सेवा प्रवाहमा मन्थली नगरपालिकाले हासिल गरेको उपलब्धिको उच्च मूल्याङ्कन गरिएको उल्लेख छ। 

देशभरका नगरपालिकाहरूको अध्ययन, सर्वेक्षण तथा मूल्याङ्कनपश्चात् संघले स्थानीय आर्थिक विकास क्षेत्रमा उल्लेख्य कार्यसम्पादन गरेको भन्दै उत्कृष्ट नगरका रूपमा छनोट गरेको हो । उक्त सम्मानले मन्थली नगरपालिकाको विकास प्रयासलाई राष्ट्रिय स्तरमा स्थापित गर्न थप सहयोग पुगेको नगर प्रमुख श्रेष्ठले बताए। उनले नगरपालिका पुरस्कृत हुनु खुसी र गौरवको विषय भएको भन्दै नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी तथा नगरबासीलाई यसका लागि बधाई दिए ।

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully