कान्ति लोकपथमा पहिरो, ललितपुरतर्फ अवरुद्ध

ललितपुरतर्फको कार्कीबासस्थित सडकमा पहिरो खसेको हो ।

चैत्र ७, २०८२

प्रताव विष्ट

हेटौंडा — भीमफेदी गाउँपालिका-८ गँगटेमा पहिरो खसेर अवरुद्ध कान्ति लोकपथ शुक्रबार राति सञ्चालनमा आएको छ । स्थानीय र इलाका प्रहरीका ठिंगनको प्रहरी टोलीको संयुक्त प्रयासले सडकमा खसेको पहिरो पन्छाएर लोकपथ सञ्चालनमा ल्याएका हुन् ।

शुक्रबार साँझ ५ बजेतिर वर्षासँगै खसेको पहिरोले लोकपथ अवरुद्ध भएको थियो । मकवानपुरतर्फ कान्ति लोकपथमा कुनै अवरोध नभए पनि ललितपुरतर्फको कार्कीबासस्थित सडकमा पहिरो खसेको इलाका प्रहरी कार्यालय ठिंगनका प्रमुख रामसराय यादवले बताए ।

उनका अनुसार ललितपुरको कार्कीबासस्थित पहिरोका कारण काठमाडौंबाट हेटौंडातर्फ हिँडेका गाडी टीकाभैरवमा रोकिएाक छन् भने हेटौंडाबाट काठमाडौंतर्फ गईरहेका गाडी ठिंगनमा रोकिएका छन । 

प्रताव

Link copied successfully