सुरक्षा व्यवस्था कडा बनाइएकाले मतदान प्रक्रिया व्यवस्थित रूपमा सञ्चालन भइरहेको छ ।
रामेछाप — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रामेछापमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । बिहान ११ बजेसम्म जिल्लाभर करिब १५ प्रतिशत मत खसेको छ ।
रामेछापमा कुल १ लाख ८७ हजार ९५२ जना मतदाता रहेका छन् । तीमध्ये बिहान ११ बजेसम्म करिब २८ हजारभन्दा बढी मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको छ। जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी भोलाकुमार भट्टले जानकारी दिए। उनका अनुसार सुरक्षा व्यवस्थासमेत कडा बनाइएकाले मतदान प्रक्रिया व्यवस्थित रूपमा सञ्चालन भइरहेको छ ।
