रामेछाप जिल्लाबाट उम्मेदवारको दाबी गरी दर्ता भएका सबै नाम दर्ताक्रम अनुसार जस्ताको तस्तै केन्द्रमा पठाउने निर्णय भएको कांग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्कीले बताए ।
रामेछाप — नेपाली कांग्रेस रामेछाप जिल्ला कार्यसमितिले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन तथा माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया अगाडि बढाएको छ।
कांग्रेस केन्द्रीय कार्यालयको परिपत्रअनुसार जिल्लाबाट उम्मेदवार सिफारिस गर्नुपर्ने भएपछि रामेछाप जिल्लाबाट उम्मेदवारको दाबी गरी दर्ता भएका सबै नाम दर्ताक्रम अनुसार जस्ताको तस्तै केन्द्रमा पठाउने आइतबार निर्णय भएको कांग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्कीले बताए ।
उनका अनुसार प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराउनेमा भरतप्रसाद चौलागाई, वीरबहादुर तामाङ, युवराज भट्टराई, अर्जुनकुमार केसी, पूर्णबहादुर तामाङ (कान्छाराम), रत्नबहादुर कार्की, रामकृष्ण खड्का, जितेन्द्रकुमार मोक्तान, रत्नहरि ढुङ्गेल र जीवनबहादुर कार्की रहेका छन्।
यस्तै प्रतिनिधि सभा सदस्यको समानुपातिकतर्फ १४ जनाले उम्मेदवारी दिएका छन्। समानुपातिकतर्फ उम्मेदवारी दिनेमा रामकुमार खड्का, मीनाकुमारी कार्की, झनकबहादुर श्रेष्ठ, गङ्गाकुमारी अधिकारी, रामकुमारी डाँगी श्रेष्ठ, गेल्जे शेर्पा, वेदराज लामा, कुमारी हायु, विनीता खड्का, कल्पना खड्का, हिमालदास श्रेष्ठ, गेल्जे शेर्पा लामा, मुक्त महते र बलबहादुर दमाईं परियार रहेका छन्।
त्यसै गरी राष्ट्रिय सभातर्फ ५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। राष्ट्रिय सभातर्फ उम्मेदवारी दिनेमा डा. सुमन कर्माचार्य, विनोदबहादुर कार्की, शिवकुमार श्रेष्ठ, आङटावा शेर्पा र रामचन्द्र खड्का रहेका छन्। सबैको नाम जस्ताको तस्तै केन्द्रमा पठाइएको छ ।
