रामेछापमा कर्फ्यु र निषेधाज्ञा हटाइयो

भाद्र २८, २०८२

नवराज श्रेष्ठ

रामेछाप — रामेछाप जिल्लामा जारी कर्फ्यु तथा निषेधाज्ञा आदेश हटाइएको छ । हालैका घटनाक्रमपछि जनजीवन सामान्यतर्फ उन्मुख भएको मूल्याङ्कन गर्दै जिल्ला प्रशासन कार्यालय रामेछापले शुक्रबारदेखि जिल्लाभर कर्फ्यु र निषेधाज्ञा पूर्ण रूपमा हटाउने निर्णय गरेको हो ।

जिल्ला सुरक्षा समितिको २०८२ भदौ २७ गतेको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम जारी आदेश कारागार परिसरको दङ्गाग्रस्त क्षेत्रमा कायम रहने भए पनि बाँकी स्थानमा आदेश हटाइएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताए ।

जिल्लामा शान्ति–सुरक्षा कायम राख्न सहयोग पुर्‍याउने जेनजी समूह, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, शिक्षक, विद्यार्थी, उद्योगी–व्यवसायी, सुरक्षाकर्मीलगायत सम्पूर्ण रामेछापवासीप्रति सुरक्षा समितिले आभार प्रकट गरेको छ । साथै, आगामी दिनमा पनि सबै पक्षको निरन्तर साथ र सहकार्यको अपेक्षा व्यक्त गरिएको प्रजिअ थापाले बताए ।

नवराज श्रेष्ठ श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully