सिन्धुली — मदनभण्डारी लोकमार्गअन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका-४ एकहटियामा मोटरसाइकल र ईभी गाडी एकआपसमा ठक्कर खाँदा गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ ।
बिहीबार बिहान भएको दुर्घटनामा परी मोटरसाइकल चालक तीनपाटन गाउँपालिका-१० औलका २६ वर्षीय प्रेम रानामगरको मृत्यु भएको प्रहरीले जनाएको छ । ईभीमा सवार १० जना घाइते भएका र उनीहरुको सिर्थौली नगर अस्पतालमा उपचार भइरहेको छ ।
उदयपुरबाट काठमाडौं जादै गरेको वा–प्र ०३–०१–४४५ नं को इभी गाडि र डकाहाबाट दुघौलीतर्फै जाँदै गरेको प्र २–००१–प७०११ नं मोटरसाइकल एकआपसमा ठक्कर खाएर दुर्घटना भएको थियो । सामान्य घाइते अवस्थाका इभी चालकलाइ नियन्त्रणमा लिएको सिन्धुली प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।
