सिन्धुलीको दुधौलीमा ईभी र मोटरसाइकल ठोक्किँदा ११ जना घाइते

चैत्र २१, २०८१

राजकुमार कार्कीर्

11 people were injured when an EV and a motorcycle collided at Dudhauli in Sindhuli

सिन्धुली — मदन भण्डारी लोकमार्गअन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका-४ एकहटियामा मोटरसाइकल र ईभी गाडी एकआपसमा ठक्कर खाइ बिहीबार भएको दुर्घटनामा परी ११ जना घाइते भएका छन्। घाइतेमध्ये मोटरसाइकल चालकको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । 

उदयपुरबाट काठमाडौं जाँदै गरेको बा–प्र ०३–०१–४४५ नं को ईभी गाडी र डकाहाबाट दुधौलीतर्फ जाँदै गरेको प्र २–००१–प७०११ नं मोटरसाइकल एकआपसमा ठक्कर खाएर दुर्घटना भएको थियो।

दुर्घटनामा परी घाइते भएकाहरूको सिर्थौली नगर अस्पतालमा उपचार भइरहेको सिन्धुली प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए । सामान्य घाइते अवस्थाका ईभी चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।

राजकुमार

Link copied successfully