मौसम बदलीसँगै उच्च हिमाली भेगमा हिमपात र वर्षा 

चैत्र ९, २०८१

केदार शिवाकोटी र घनश्याम खड्का

With the change of weather, snowfall and rain in the high Himalayas

दोलखा/म्याग्दी — मौसममा आएको बदलीसँगै उच्च हिमाली क्षेत्रमा हिमपात हुनुका साथै तल्लो क्षेत्रमा हिउँदे वर्षा भएको छ । पर्यटकीय क्षेत्र कालिञ्चोकमा शनिबार साँझबाट हिमपात भइरहेको छ । यस्तै रोल्वालिङ क्षेत्रको बेदिङ र ना गाउँमा पनि हिमपात भएको छ । उता म्याग्दीका पर्यटकीय क्षेत्र पुनहिल, महरेडाँडा, खाेप्रा क्षेत्रमा हिमपात भएको छ ।

दोलखाको तल्लो क्षेत्रमा मकै छर्ने बेलामा हिउँदे वर्षा भएपछि किसानले राहत महसुस गरेका छन् । 

माथिल्लो क्षेत्रमा सुक्खाले आलु बारीमै डढ्न लागेको बेलामा सामान्य वर्षा भएपछि किसान उत्साहित बनेका छन् । पर्यटकीय क्षेत्र कालिञ्चोकमा हिमपातपछि स्थमनी होटल व्यवसायी पनि उत्साहित बनेका छन् ।With the change of weather, snowfall and rain in the high Himalayas

यस्तै, म्याग्दीका पर्यटकीय क्षेत्र पुनहिल, महरेडाँडा, खाेप्रा समेतका माथिल्लाे भेगमा याे वर्षकाे पहिलाेपटक हिमपात सुरु भएकाे छ । घाेरेपानीका पर्यटन व्यवसायी तारा गर्वुजाका अनुसार आज दिउँसाे ४ बजेदेखि हल्का हिमपात सुरु भएकाे हाे  । तल्लाे क्षेत्रमा भने याे वर्षकाे पहिलाे वर्षा भइरहेकाे छ ।

'हिउँदे बालीका लागि खडेरीकाे सामना गर्नुपरे पनि बर्खे खेती मकै छर्ने उपयुक्त समयमा पानी परेकाे छ, हामी कृषक खुसी छाैं,' अन्नपूर्ण गाउँपालिका-६ घारका कृषक लीलबहादुर खड्काले भने, 'पानीले जमिन राम्ररी भिज्याे भने मकै राम्ररी उम्रिन्छ ।'

हिमालपारिकाे मुस्ताङमा पनि वर्षकाे पहिलाे हिमपात सुरु भएकाे छ । जाेमसाेमका सञ्चारकर्मी तथा व्यवसायी सुशील थकालीका अनुसार सदरमुकाम वरपर बाक्लाे हिमपात सुरु भएकाे हो । 

केदार

Link copied successfully