घर जलेर १० लाख रुपैयाँभन्दा बढीको क्षति

चैत्र ५, २०८१

प्रताप बिष्ट

Damage of more than 10 lakh rupees due to house fire

मकवानपुर — मकवानपुरगढी गाउँपालिका-२ स्थित घरमा आगलागी हुँदा १० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

मकवानपुरगढी बासपानीका कृष्णबहादुर दर्लामीको घरमा मंगलबार दिउँसो आगलागी हुँदा धान १५ मुरी,चामल १ बोरा, आलु ४ बोरा, सुनको तिलहरी,  झुम्का,हातको बाला, बच्चाको कल्ली बालासमेत गरी  ५ तोला सुन, लत्ताकपडा र भाँडावर्तन  जलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

घरमा आगलागी हुँदा १० लाख २५ हजार मूल्यबराबरको धनमाल जलेको घरधनी दर्लामीले कताए ।  

प्रताप बिष्ट

Link copied successfully