सिन्धुलीको दुधौलीमा श्रीमतीको घाँटी थिचेर हत्या

फाल्गुन १९, २०८१

राजकुमार कार्कीर्

Wife strangled to death in Dudhauli, Sindhuli

सिन्धुली — सिन्धुलीको दुघौली नगरपालिका-८ कछुवाखाडीमा श्रीमान्ले श्रीमतीको घाँटी थिचेर हत्या गरेका छन् । घरको भान्सा कोठामा झगडा हुँदा २२ वर्षीय दिनेश सदाले १७ वर्षीया श्रीमती अनिशा सदाको हत्या गरेको प्रहरीले जनाएको छ ।

गएराति हत्या भएको र स्थानीयले सोमबार प्रहरीलाई खबर गरेपछि श्रीमान् दिनेश पक्राउ परेका छन् । झगडा हुँदा आवेशमा आएर घाँटी थिचेर हत्या गरेको स्थानीयलाई दिनेशले बताएका थिए ।

श्रीमान् सदालाई इलाका प्रहरी कार्यालय डकाहाको टोलीले पक्राउ गरी थप अनुसन्धान भइरहेको सिन्धुली प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए । उनीहरूको एक वर्षअघि विवाह भएको थियो । कानुनअनुसार विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ ।

राजकुमार

Link copied successfully