सिन्धुलीमा भैँसीले हानेर वृद्धको मृत्यु

फाल्गुन १, २०८१

राजकुमार कार्कीर्

Old man killed by buffalo in Sindhuli

सिन्धुली — सुनकोसी गाउँपालिका-३ नौविसेमा घाँस हाल्न गोठमा जाँदा बाँधेको भैंसीले फुकेर हान्दा वृद्धको मृत्यु भएको छ । छोराको गोठमा घाँस हाल्न गएका बाबु ७५ वर्षीय गोपाल घर्तीको भैंसीले हानेर गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

 छोरा फणीन्द्रको गोठमा घाँस हाल्न जाँदा किलो भाँचेर फुकी भैंसीले हानेको थियो । भैंसीले हानेर वृद्ध घर्तीको घटनास्थलमा नै मृत्यु भएको र थप अनुसन्धान भइरहेको सिन्धुली प्रहरीका एसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।

राजकुमार

Link copied successfully