सिन्धुलीमा इभी दुर्घटना, ६ जना घाइते

चालकसहित तीन जनाको अवस्था गम्भीर

माघ २५, २०८१

राजकुमार कार्कीर्

EV accident in Sindhuli, 6 injured

सिन्धुली — बीपी राजमार्गको सिन्धुलीमाडी–खुर्कोट खयड अन्तर्गत गोलन्जोर गाउँपालिका-५ खनियाँखर्क नजिक झापाबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक विद्युतीय सवारी –इभी) दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

उनीहरूमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । बा १ –०३० च ९६४२ नं को इभी शुक्रबार बिहान ४ बजे दुर्घटना भएको थियो । घाइतेमध्ये तीन जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

सडकबाट अन्दाजी चार सय मिटर तल खसेकाले उद्धारमा समेत कठिनाही भएको सिन्धुलीका प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले बताए । गम्भीर घाइतेहरूलाई उपचारका लागि सिन्धुली अस्पताल पुर्‍याइएको छ ।

घाइतेहरुको पहिचान खुलेको छैन । चालक निदाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । चालक पनि गम्भीर घाइते छन् ।

राजकुमार

Link copied successfully