सिन्धुली — भोजपुरबाट काठमाडौँ लैजानेक्रममा सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ खुर्कोटबाट शौचालय जाने भन्दै फरार भएका नाइजेरियन नागरिकलाई ८ घण्टा लगाएर प्रहरीले नियन्त्रणमा लिएको छ ।
अध्यागमन विभागको निर्देशनमा अवैध बसोबास गरेको भन्दै नाइजेरियन नागरिक वलुवासोगो ग्लोरी ओडेलाई पक्राउ गरेर प्रहरीले बीपी राजमार्ग हुँदै काडमाडौं लैजाँदै गर्दा मंगलबार साँझ शौचालय जाने भन्दै फरार भएका थिए ।
सिन्धुली प्रहरीका एसपी गोविन्दराज काफ्लेका अनुसार फुटबल खेलाडी रहेका ती फरार ओडेलाई घेराबन्दी गरेर गोलन्जोरकै बाराबाट नियन्त्रणमा लिइएको हो ।
काठमाडौँबाट सर्लाही जाँदै गरेको प्रदेश २ , ०३,००१ ज ००१४ नं ईभी गाडीमा जाँच गर्दा फेला पारेर नियन्त्रणमा लिई अध्यागमनलाई जिम्मा लगाएको एसपी काफ्लेले जनाए ।
