सिन्धुलीको खुर्कोट र मुल्कोट डुबानमा

आश्विन १२, २०८१

राजकुमार कार्कीर्

In the Khurkot and Mulkot floods of the Sindhuli

सिन्धुली — सुनकोशी नदीको बहाब बढेसँगै सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ को खुर्कोट बसपार्क क्षेत्र र सुनकोशी गाउँपालिका-५ को मुल्कोट बजार डुबानमा परेको छ ।

मुल्कोटको क्वालीटीबीच रिसोर्ट र आसपासका क्षेत्र डुबानमा परेको छ । स्थानीय मनोज श्रेष्ठका अनुसार मुल्कोटका रिसोर्ट, होटलहरु र स्थानीयका घर समेत डुबानमा परेको छ । 

रातभर जाग्राम रहेकाले मानवीय क्षती हुन नपाएको उनले जनाए । घरहरु डुबानमा परेकाले सरसामान केही निकाल्न नपाएको र स्थानीयहरु ज्यान जोगाउन डाँडामा गएर बस्न बाध्य भएका छन् । सुनकोशीमा बाढी बढेसँगै यता खुर्कोट बसपार्क क्षेत्रका घरहरु डुबानमा परेको छ । सिन्धुली प्रहरीका एसपी गोविन्दराज काफ्लेका अनुसार इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी परिचालन गरेर स्थानीयलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।

राजकुमार

Link copied successfully