नविन्द्रराज जोशीलाई हृदयघात

कान्तिपुर संवाददाता

काठमाडौं — कांग्रेस केन्द्रीय सदस्य नविन्द्रराज जोशी हृदयघात भएपछि अस्पताल भर्ना भएका छन् । शनिबार बिहान अचानक छाति दुखेर शिक्षण अस्पतालको मनमोहन कार्डियो भाष्कुलर सेन्टरमा भर्ना भएका जोशीको आईतबार एनजियोप्लाष्ट गरिएको थियो ।

कांग्रेस केन्द्रीय सदस्य नविन्द्रराज जोशी हृदयघात भएपछि अस्पताल भर्ना भएका छन् । शनिबार बिहान अचानक छाति दुखेर शिक्षण अस्पतालको मनमोहन कार्डियो भाष्कुलर सेन्टरमा भर्ना भएका जोशीको आईतबार एनजियोप्लाष्ट गरिएको थियो । 

एनजियोप्लाष्ट गरेपछि उनको अवस्था सामान्य रहेको उनका स्वकीय सचिव पुष्कर जोशीले बताए । उनका अनुसार जोशीलाई माईनर हृदयघात भएको हो ।