जेभियर इन्टरनेसनल स्कुल : 'डिस्टिङ्सन' स्कुल

एडभर्टोरियल

'हामीले स्कुल अफ डिस्टिङसन भनेका छौं' जेभियर स्कुलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोपाल भण्डारी भन्छन्,'हरेक विधामा हाम्रो स्कुलले उत्कृष्टता प्राप्तिका लागि ध्यान पुर्‍याएको छ ।'

 शिक्षामा डिस्टिङ्सन

जेभियर इन्टरनेशनललले आधुनिक सिकाइ, संयोजनलाई प्राथमिकता दिएको छ  । गतिशील दृष्टिकोणको साथ अत्याधुनिक शिक्षण पूर्वाधार तयार पारेको छ ।  विद्यार्थीको रचनात्मकता र अन्तरक्रियालाई स्कुलले जोड दिँदै आएको छ । 

5E मोडल  

विद्यालयले 5E मोडललाई अबलम्बन गरेको छ । यसभित्र विद्यार्थीलाई इन्गेज गर्ने, नयाँ कुरा अनुसन्धान गर्ने, त्यसको व्याख्या विष्लेषण गर्ने र त्यसको आधारमा मूल्यांकन गर्ने पद्दति छ । यो शैलीले अध्ययनको बहुआयामिक वातवरण तयार गर्ने स्कुलको भनाइ छ । शिक्षकहरुले विद्यार्थीको समन्वयकर्ताको भूमिका खेल्दै अध्ययनलाई गाइड गर्छन् । विद्यार्थीहरु संयुक्त रुपमा आफैं संलग्न भएर कुनै पनि कुराको विष्लेषण गर्दै निष्कर्षमा पुग्छन् ।

भौतिक पूर्वाधारमा डिस्टिङ्सन

जेभियर स्कुलले भौतिक पूर्वाधारमा पनि डिस्टिङसन नै अवधारणा अनुसार आफूलाई अघि सारेको छ । सुविधाजनक पूर्वाधारहरूले मात्र शैक्षिकस्तर उकास्न सक्छ भन्ने स्कुलको बुझाइ छ । 

कक्षाकोठामा इन्टरनेट, स्मार्टवोर्ड र एआई जस्ता नवीनतम प्रविधिको प्रयोगले विद्यार्थीको पढाई रोचक, आकर्षक र जिवन्त बनाउने गरिएको छ । आफ्नो क्षमता अनुसारका नयाँ इनोभेसन गर्ने सुविधा विद्यार्थीहरुलाई मेकर्स ल्याबमा हुन्छ ।

ब्ल्यकबोर्ड वा ह्वाइटबोर्ड हटाएर ग्लास लाइट बोर्डसँगै मनिटर राखिएको छ । जसले शिक्षक र विद्यार्थीको टिचिङ र लर्निङ क्षमतालाई सहज र वृद्धि गर्ने लक्ष्य स्कूलले लिएको छ । 

स्कुलमा प्रविधिमैत्री, उज्याला र फराकिला कक्षाकोठाहरू छन् । कक्षाकोठामा विद्यार्थी बस्ने बेन्चहरू, पढ्ने टेबलहरू उनीहरुको शारीरिक अवस्था हेरेर फरकफरक खालको व्यवस्था मिलाइएको छ । गुणस्तर शिक्षाका लागि एउटा कक्षामा सिमित संख्यामा मात्र विद्यार्थीहरु राखिन्छ ।आवश्यक वैज्ञानिक उपकरणसहितको विज्ञान प्रयोगशाला छ । स्कुलमा आधुनिक पुस्तकालय छ ।

 विद्यार्थीलाई पढाइमा मात्र होइन, अतिरिक्त गतिविधिमा पनि उत्तिकै प्रेरित गरिन्छ । विद्यार्थीको रूचि केमा छ त्यअनुसार सुविधा उपलब्ध गराइन्छ ।

'अहिले आइरहेका प्रविधिमा जोड्न सकिएन भने त्यसको कुनै अर्थ हुन्न त्यसैले हामीले स्कुल र अध्यापन शैलीलाई हरेक हिसाबले नयाँ प्रविधिसँग जोडिइरहेका छौं' सीईओ भण्डारीले भने,'भौतिक पूर्वाधारमा कुनै पनि कुरामा हामीले कम्प्रोमाइज गरेका छैनौं ।'

अतिरिक्त क्रियाकलापमा डिस्टिङ्सन

जेभियरले कक्षाकोठा भित्र मात्र होइन समग्र स्थानमा अवसर हुनुपर्छ भन्ने मान्यता राख्छ । त्यसैले सांस्कृतिक र अतिरिक्त क्रियाकलापमा स्कुलले जोड दिँदै आएको छ । वार्षिक रुपमा हुने जेभियर मेला, आर्ट, लेखन, नाटक, विज्ञान प्रदर्शनी, म्युजिक, डान्स, मासिक रुपमा हुने बौद्धिक कार्यक्रमहरुले विद्यार्थीहरुको समग्र क्षेत्रको क्षमता विकासमा मद्दत गर्दै आएको छ । 

विद्यालय तहदेखि नै सामाजिक काममा उत्त्प्रेरित गराउनुपर्छ भन्ने मान्यताअनुसार स्कुलले विद्यार्थीहरूलाई त्यस्ता गतिविधिहरूमा पनि संलग्न गराउँछ । 'सर्भिस लर्निङ' अन्तर्गत स्थानीय संघसंस्थाहरुसँग मिलेर सामाजिक काममा विद्यार्थीहरु संलग्न हुन सक्छन् ।

 खेलकुदमा डिस्टिङ्सन

जेभियर स्कुल खेलकुदमा पनि अब्बल हुने मान्यताका साथ अघि बढेको छ । त्यसैले विद्यालयस्तरीय धेरै प्रतियोगिताहरूमा यो विद्यालयले उत्कृष्टता हासिल गरिसकेको छ । त्यसैले अतिरिक्त क्रियाकलापको रुपमा स्वीमीङ, फुटसल, कराँते, लगायतमा पनि विद्यार्थीलाई जोडेको छ । 

विद्यार्थीहरुको बौद्धिक एवं शारीरिक तन्दुरुस्तीको लागि उमेर सुहाउँदो अतिरिक्त क्रियाकलापहरू गराउँछ । पौडी, फुटबल, बास्केटबल, टेबलटेनिस, ब्याडमिन्टनजस्ता खेलहरू तालिम प्राप्त प्रशिक्षकद्वारा गराउँछ । बास्केटबल कोर्ट, स्वीमिङ पुलसहितको खेलमैदान स्कुलमै छ । त्यसैले विद्यालयस्तरीय प्रतियोगिताहरूमा जेभियरको अब्बल नतिजा आइरहेको छ ।