उत्कृष्ट विद्यार्थीको रोजाइः जेभियर इन्टरनेशनल कलेज, कालोपुल

एडभर्टोरियल

काठमाडौं । एसईईको परीक्षामा जीपीए ४.० ल्याउने उत्कृष्ट विद्यार्थीले आफ्नो उच्चशिक्षा अध्ययनकोलागी काठमाडौंको कालोपुलस्थित जेभियर इन्टरनेशनल कलेजलाई रोजेका छन् ।प्रथमपटक २०७२ सालमा एकमात्र जीपीए ४.० ल्याउन सफल रुपन्देहीकी छात्रा समीक्षा सुवेदीदेखी यसै वर्ष प्रकाशित रिजल्टमा जीपीए ४.० ल्याउन सफल काठमाडौंका छात्राहरु प्रकृति श्रेष्ठ र तारादेवी पाण्डेसहित बीस जना विद्यार्थीको छनौटमा परेको जेभियर इन्टरनेशनल राम्रो कलेज खोजिरहेका विद्यार्थीका लागि आकर्षक गन्तव्य हो ।

यस बर्ष सवैभन्दा बढी MBBS र BE प्रवेश परीक्षा उत्तीर्ण डाक्टर र इन्जिनियर अध्ययनको लागि सबैभन्दा कठिन मानिएको प्रवेश परीक्षामा यस कलेजमा अध्ययन गरेका एकैपटक यसैवर्षमात्र एमबीबीएसमा ४३ र इन्जिनियरिङतर्फ ४६ जना विद्यार्थीहरु उत्तीर्ण हुन सफल भएका छन् । एकै वर्ष यतिधेरै विद्यार्थी छात्रवृत्तिसहित उत्तीर्ण गराउन सफल कलेज सम्भवत पहिलो हो । कानुन विषय अध्ययन गरेका आयुस न्यौपानेले बीए एल एल बी को प्रवेश परीक्षामा यसै वर्ष सर्वोत्कृष्ट अंक प्राप्त गरेका छन् भने म्यानेजमेन्ट अध्ययन गरेका ऋषिराम रोकायाले बी बी ए को प्रवेश परीक्षामा इन्ट्रान्स टप गरेका छन् ।

विषयवस्तु सहज रुपमा बुझ्नसक्ने गरी पढाइने कक्षाहरु र नियमित रुपमा सञ्चालन गरिने डाक्टर, इन्जिनियर, सीए आदिका तयारी कक्षामा विद्यार्थीहरुको उल्लेख्य सहभागीताले यस कलेजका विद्यार्थीहरु एकैपल्ट ठूलो संख्यामा मेडिकल, इन्जिनिरिङलगायत अन्य विषय अध्ययनको प्रवेश परीक्षामा सर्वोत्कृष्ट हुन सफल भएका छन् ।


सर्वाधिक छात्रवृत्ति: योग्यताको कदर

जेभियर इन्टरनेशनल कलेजले कक्षा ११ मा सर्वाधिक छात्रवृति दिने कलेजका रुपमा समेत आफूलाई स्थापित गरेको छ । नेपाल सरकारले तोकेको कोटाबाहेकका छात्रवृति समेत कलेजले प्रदान गरिरहेको छ । जेहेन्दार, विपन्न, एसईईमा राम्रो जिपिए तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट ६१० जना विद्यार्थीहरुले जेभियर इन्टरनेशनल कलेजमा छात्रवृति पाउँनेछन् ।


अन्तराष्ट्रिय पुरस्कारबाट सम्मानित

दक्षिण एशियाकै उत्कृष्ट अवार्ड मानिने ‘आउट स्टान्डिङ कलेज अफ द इयर’को उपाधी जेभियर इन्टरनेशनल कलेजले प्राप्त गरेको छ । ‘आउट स्टान्डिङ ई लर्निङ प्राक्टिस’ तथा ‘ वेस्ट युज अफ सि यस आर डयुरिङ प्यान्डेमिक’ साथै ‘एक्सलेन्ट टिचर अवार्ड’ जस्ता अन्तर्राष्ट्रिय ख्यातीप्राप्त पुरस्कारबाट सम्मानित यस कलेजले हरेक क्षेत्रमा उत्कृष्ट नतिजाको मानक समेत स्थापित गरेको छ ।


स्मार्ट क्लास, स्मार्ट प्रविधि र स्मार्ट शिक्षक

भौतिक रुपमा सुविधासम्पन्न र आधुनिक शिक्षाका सबै आयामलाई जेभियर इन्टरनेशन कलेजले अबलम्बन गरेको छ । जहाँ ‘स्मार्ट शिक्षक’ले ’स्मार्ट प्रविधि’ अपनाउँदै स्मार्ट तरिकाले पढाउँछन् । व्यवहारिक र जीवनउपयोगी ज्ञानलाई प्राथमिकतामा राखेको यस कलेजले विद्यार्थीको सोच, चाहना, क्षमता र लक्ष्यअनुसारको शिक्षा प्रदान गर्दै आइरहेको कलेजले जनाएको छ ।


विश्वका प्रतिष्ठित विश्वविद्यालयहरुमा जेभियर इन्टरनेशनलका विद्यार्थी

जेभियरका विद्यार्थी विश्वकै प्रतिष्ठित विश्वविद्यालयहरुमा छात्रवृतिमा अध्ययनरत छन् । सोही कलेजबाट उत्तीर्ण भएका इसान्त तिवारीले हार्वर्ड युनिभर्सिटीमा फुलब्राइट स्कलरसिप पाएका थिए ।त्यस्तै अभिषेक विष्टले युनिभर्सिटी अफ न्यूयोर्कमा छात्रवृत्ति पाए भने विशाल खड्काले कोल्वी कलेज अमेरिका र श्रृजा सिग्देलले अमेरिकाकै अर्कान्से स्टेट युनिभर्सिटीमा स्कलरसिप पाइन् ।विदेश अध्ययनमा जानेमध्ये ५० प्रतिशत विद्यार्थी अमेरिकाका विश्वविद्यालयहरुमा अध्ययन गर्दछन् भने बाँकीको रोजाईमा क्यानडा, जर्मन, अस्टेलियाका विश्वविद्यालयहरु पर्दछन् ।


अतिरिक्त क्रियाकलापमा अग्रणी

नेपाली क्रिकेट टिमका राष्ट्रिय क्याप्टेन सन्दिप लामिछाने यस कलेजका ब्राण्ड एम्बासडर हुन । युवा खेलाडीलाई ब्राण्ड एम्बासडरमा अनुबन्ध गरेर युवाको भावनाप्रति सचेत भएको जानकारी दिएको छ । कोर्षको पढाइ मात्रै होइन अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै महत्त्व दिँदै एक शैक्षिक सत्रमा विद्यार्थीको चहाना र उनीहरुको झुकावअनुसारका १०० भन्दा बढी अतिरिक्त क्रियाकलापहरु कलेजका १५ क्लबहरुले सम्पन्न गर्दछन् ।


ए लेभलमा २ पटक वर्ल्ड टप

प्लस टु तर्फ जेभियर इन्टरनेशन कलेजले हरेक वर्ष ९५ प्रतिशतभन्दा माथिको रिजल्ट निकाली उत्कृष्ट रिजल्टको रेकर्डलाई निरन्तरता दिएको छ ।

प्लस टु तर्फ विज्ञानमा बोर्ड फस्ट विद्यार्थी आयुश चौधरी हुन् भने म्यानेजमेन्टमा बाबुराम दाहाल पनि बोर्ड चौथो भएका छन् ।

बेलायतको क्याम्ब्रिज युनिभर्सिटीबाट सम्बन्धन प्राप्त ए लेभलमा जेभियर इन्टरनेशनल कलेजका सुमन भण्डारीले गणित विषयमा र ऋतिक यादवले कम्प्युटरमा वर्ल्ड टप गर्दै दुईपटक वर्ल्ड टप रिजल्ट ल्याउन सफल जेभियर इन्टरनेशनल कलेजले एक अन्तराष्ट्रिय स्तरको कलेजको पहिचान कायम गरेको छ ।