२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

वित्तीय कारोबारमा प्रविधिको प्रयोग, इसेवाको सुरक्षा र सावधानी

एडभर्टोरियल

अनलाइन भुक्तानीले मानिसको जीवनमा धेरै सुविधा भएको छ । सानोतिनो कारोबारका लागि बैंक तथा वित्तीय संस्था धाएर सास्ती र हैरानी व्यहोर्नु पर्ने दिन सकिएका छन् । मोबाइलबाट सरकारी बिल तिर्नेदेखि पैसा लेनदेनसमेतको काम पनि भइरहेको छ । यस अर्थमा नेपालमा नयाँ युगको सुरुवात भइसकेको छ ।

प्रविधिको प्रयोगले दिएको सहजपनमा कमीकमजोरी खोज्ने र मानिसलाई गुमराहमा पार्ने अनि गैरकानूनी फाइदा उठाउन आपराधिक मनोवृत्ति भएका तत्त्वहरू पनि सलबलाइरहेका हुन्छन् । कहिलेकाहीँ उनीहरूले अनधिकृत काम गर्ने गर्दछन् ।

वित्तीय कारोबार गर्ने एपहरूको प्रयोगमा सानो सावधानी अपनाउन सकेमा सम्भावित जोखिमहरू रोकिने गर्दछन् । त्यस्तो सेवा प्रदायकहरूले पनि आफ्ना एपहरूको अनधिकृत व्यक्तिको पहुँच र प्रवेशलाई रोकेर सुरक्षित कारोबार बनाउन ध्यान दिने गरेका हुन्छन् ।

त्यस्तै प्रयास इसेवाले पनि गरेको छ । नेपालमा सर्वाधिक प्रयोग गरिएको र ग्राहकले रुचाएको इसेवाले आफ्नो सेवालाई समयानुकूल परिमार्जन र परिष्कृत गर्दै लगेको छ । सदस्यहरूको रकमको सुरक्षादेखि आफ्नो एपको प्रयोगलाई सहज र सरल बनाउने काम बेलाबेलामा गर्दै आएको छ ।

वित्तीय एपहरूका पासवर्ड र अन्य डाटाहरू अरूलाई शेयर गर्दै गर्नु हुँदैन । म इसेवा वा अरू यस्तै कम्पनीबाट भनेर फोन वा अन्य कुनै माध्यमबाट गरेर कुनै विवरण मागेमा दिनु हुँदैन ।

इसेवामा बेलाबेलामा फ्रड काम गर्नेहरूले प्रयास नभएका होइनन् । इसेवाको कार्यालयबाट भनेर MPIN माग्ने र त्यहाँको रकमको अनधिकृत कारोबार गर्ने काम प्रयास त्यस्ता गिरोहहरूले गर्ने गरेका छन् ।

मानिसहरू आफ्नो पासवर्ड वा MPIN सामान्य र साधारण राख्ने गर्दछन् । अंकमा सुरुका चारवटा वा अन्तिमका चारवटा राख्ने गर्दछन् । त्यस्तो गर्नु असावधानी हो । अलि सुरक्षित र मानिसले अनुमान नगर्ने खालको MPIN वा पासवर्ड राख्नुपर्छ ।

इसेवाले अबदेखि MPIN बिर्सेमा वा नयाँ डिभाइसबाट इसेवा आइडी लगईन गरेमा सिस्टमले मोबाइल नम्बर माग्नेछ । मोबाइल नम्बर दिएपछि OTP कोड आउँदैन । मेसेज आउँछ । इसेवा एपले मेसेज खोलेर टाइप पनि गरिदिन्छ । अनि इसेवामा रजिस्टर्ड मोबाइलबाट त्यो मेसेज पठाउनु पर्ने हुन्छ । त्यसरी मेसेज आएपछि त्यो मोबाइल सम्बन्धित व्यक्तिकै हो र उसैसँग त्यो मोबाइल छ भन्ने मानेर इसेवाले प्रमाणित गर्दछ । त्यसरी प्रमाणित भइसकेपछि मात्र ग्राहकको मोबाइलमा OTP कोड आउने छ ।

कुनै असम्बन्धित मानिसले अरूको इसेवा आइडी थाहा पाएर MPIN reset गर्न रजिस्टर्ड मोबाइलबाटै मेसेज पठाउनु पर्नेछ । नम्बर नमिलेपछि इसेवाबाटै मेसेज आउने छैन र, अनधिकृत मानिस ग्राहकको खाताभित्र प्रवेश गर्न सक्दैन । यसबाट वित्तीय सुरक्षा बलियो हुनेछ । यसका लागि इसेवाले नयाँ सिस्टम ल्याएको हो ।

सिमकार्ड हराएको खण्डमा इसेवाको कार्यालयमा आएर वा इसेवा कल सेन्टरमा कुरा गरेर व्यवस्थापन गर्न सकिनेछ । 

इसेवामा MPIN कसरी परिवर्तन गर्ने?

सजिलो छ MPIN परिवर्तन गर्न । त्यसका लागि इसेवा एपमा आफ्नो आइडीबाट लगइन गरेर फर्गेट पासवर्डमा क्लिक गर्नुपर्छ । अनि इसेवा आइडी अर्थात् इसेवामा प्रयोग भएको मोबाइल नम्बर हालेर 'Proceed'मा क्लिक गर्नपर्छ । त्यसपछि इसेवा खातामा प्रयोग भएको मोबाइल नम्बर प्रमाणित गर्नुपर्छ । इसेवामा प्रयोग भएको नम्बर अहिले सम्बन्धित व्यक्तिसँग नभएमा इसेवाको टोल फ्री नम्बर (1660-01-02121) मा सम्पर्क गर्नुपर्ने छ । यदि आफैसँग मोबाइल नम्बर व्यक्ति स्वयंसँग भएमा मेसेज पठाउनुपर्ने हुन्छ । मसेजका लागि “Proceed to send SMS”मा क्लिक गर्नुपर्नेछ ।

त्यसपछि मेसेज बक्स (Message Box) आफैं खुलेर मेसेज (SMS) टाइप भइसकेको हुनेछ । त्यस मेसेजमा केही पनि थपघट गर्नु पर्दैन । त्यसलाई थपथाप गर्नतिर नलाग्नु (edit) नगर्नुहोला।

यो काम आफ्नै सिमकार्डबाट मात्र हुनेछ । तपाईँको फोनामा अरु पनि सिमकार्ड छ भने इसेवा खातामा प्रयोग भएको मोबाइल नम्बरबाटं मेसेज पठाएको हुनेपर्छ ।

त्यसपछि इसेवाबाट ओटिपी मेसेज आउँछ । त्यो मेसे एकपटक मात्र प्रयोग गर्न मिल्छ । अनि OTP कोड राखेर “Verify & Proceed”मा क्लिक गर्नुपर्छ ।

अनि मात्र नयाँ चार अंकको MPIN राख्नु पर्छ । तर एमपिन राख्दा सामान्य र अनुमान गर्न सकिने खालको राख्नु हुँदैन । जस्तो १२३४, ६७८९ वा ११११, २२२२  राख्न हुँदैन । आफ्नो इसेवा खातामा प्रयोग भएको मोबाइल नम्बरको पहिलो ४ अंक वा अन्तिम ४ अंक पनि राख्न मिल्दैन। 

यस्तो नम्बरलाई MPIN राख्दा अरुले सजिलै अनुमान गर्न सक्छन्। त्यसैले तपाईंले आफूलाई मात्र थाहा हुने किसिमको नम्बर नै MPIN राखेर साबधानी अपनाउनु पर्छ ।>

यसपछि सफलतापूर्वक MPIN परिवर्तन हुनेछ । त्यसपछि सजिलै इसेवामा कारोबार गर्न सकिनेछ ।

>इसेवाले कुनै ग्राहकसँग कहिल्यै पनि फोन वा मेसेज गरेर कुनै स्कीम वा अफर देखाएर MPIN र पासवर्ड माग्दैन । कुनै अफर वा प्रलोभनमा पनि पार्दैन 

इसेवाले कहिल्यै पनि तपाईंलाई कल वा मेसेज गरेर कुनै पनि अफर वा प्रलोभनको नाममा MPIN र पासवर्ड माग्दैन। याद गर्नुहोस् इसेवाको नामबाट कहिल्यै त्यस्तो फोन वा मेसेज आउँदैन । त्यसरी फोन वा मेसेज आएमा त्यो फ्रड हुनसक्छ । आफ्नो अकाउन्टको सुरक्षाका लागि कसैले पनि MPIN, पासवर्ड तथा OTP कहिल्यै पनि कसैलाई नदिनु नै उचित हुनेछ ।