भारतको रिलायन्स जिओ शैलीमा एन आई सी एशिया बैंक, सर्वश्रेष्ठ बचत खातामा सेवाहरू पाँच वर्षसम्म निःशुल्क

एडभर्टोरियल

भारतको रिलायन्स जिओ शैलीमा एन आई सी एशिया बैंक, सर्वश्रेष्ठ बचत खातामा सेवाहरू पाँच वर्षसम्म निःशुल्क

काठमाडौं । सन् २०१६ को सेप्टेम्बरमा रिलायन्स इन्डस्ट्रिजले भारतमा रिलायनस जियो मोबाइल सेवा सुरु गर्यो ।

भारतको जस्तो ठूलो र प्रतिस्पर्धी बजारमा नयाँ कम्पनी टिक्न निकै गाह्रो थियो । तर जियोले भारतमा उपभोक्तालाई यसरी फाइदा ल्याइदियो जसबाट नयाँ ग्राहक तान्न सजिलो मात्र भएन साना मोबाइल सेवा प्रदायकहरू बन्द नै भए ।

निःशुल्क परीक्षण सेवा सहित आक्रमक बजार बिस्तार गरेको जियोले छ महिनामा एक करोड ग्राहक बनाउन सफल भयो। पाँच वर्षमा ४२ करोड ६२ लाख ग्राहक बनाई सकेको छ ।

छोटो समयमा यति ठूलो सफलता पाउनुको पछाडिको कारण थियो तीव्र गतिको अति सस्तो मोबाइल डेटा र निःशुल्क कल सेवा । यीनै कारणले आज भारतको सबैभन्दा ठूलो कम्पनी बनेर तहल्का मच्चाइरहेको छ ।

नेपालको बैंकिङ्ग क्षेत्रमा एन आई सी एशिया बैंकले ल्याएको आक्रमक ग्राहक योजनाले भारतको जिओ मोबाइलको छनक दिन्छ । उसले यसअघि ल्याएको चमत्कारी बचत योजना होस् या अहिले सञ्चालनमा रहेको सर्वश्रेष्ठ बचत योजना । जुन योजनाबाट ग्राहकले विभिन्न सेवाहरू पाँच वर्ष सम्म निःशुल्क, रू.२१ लाखको बीमाको फाइदा, सहुलियत कर्जा लगायतका २४ अतुलनीय फाइदा पाउन सक्छन् ।

ग्राहकहरूलाई बैंकिङ्ग क्षेत्रकै सर्वश्रेष्ठ फाइदाहरू उपलब्ध गराएकै कारण आज एनआई सी एशिया बैंक मुलुककै सबैभन्दा ठूलो बैंक र निजी क्षेत्रको बैंकहरूमा सबैभन्दा बढी ग्राहक संख्या बनाउन सफल बनेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार विभिन्न १० सूचकमा एन आई सी एशिया बैंक पहिलो नम्बरमा पर्न सफल भएको छ । १० सूचकमा एन आई सी एशिया बैंक पहिलो नम्बरमा पर्न सफल भएको छ ।

यीनै सूचक सहित मुलुकको पहिलो नम्बरको स्थानमा बैंक दौडिरहेको छ । जसलाई हाकिरहेका छन्, दुरदशी प्रमुख कार्यकारी अधिकृत (सीईओ) भनेर परिचित रोशन कुमार न्यौपानेले । बैंकले सर्वश्रेष्ठ बचत खाता योजनामा जिओकै शैलीमा खाता वालालाई २४ वटा फाइदा उपलब्ध गराएको छ । सर्वश्रेष्ठ खातामा बीमा सम्बन्धी तीन, कर्जा सम्बन्धी तीन र अन्य १८ वटा फाइदाहरू रहेका छन् ।

सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकलाई उसले पाँच वर्ष सम्म विभिन्न सेवाहरू निःशुल्क उपलब्ध गराउंदै आएको छ । ‘अहिले एन आई सी एशिया बैंक भारतको जीओको जस्तो रणनीतिमा गइरहेको छ,’ प्रमुख कार्यकारी अधिकृत न्यौपानेले भने । सर्वश्रेष्ठ बचत खातामा पाइने बीमा र कर्जाको फाइदा अन्य बचत खातामा प्रदान गरेको भन्दा निकै नै धेरै र अतुलनीय छ ।


यी हुन पाँच वर्षसम्म निःशुल्क पाउने सेवाहरू

सर्वश्रेष्ठ बचत खातामा बैंकले विभिन्न सेवाहरूलाई पाँच वष सम्म निशुल्क दिने घोषणा गरेको छ । उसले डेबिट कार्ड, मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्गमा यस्तो सेवा दिएको हो ।

सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकले डेबिट कार्ड पाँच वर्ष सम्म निशुल्क प्रयोग गर्न पाउँछन् । त्यस्तै सूचना प्रविधिको प्रयोग बढेसँगै मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्गको प्रयोग बढ्दो छ ।मोबाइलबाट धेरै सेवादिन सकिने भएपछि बैंकहरूले पनि मोबाइल बैंकिङ्गलाई प्राथमिकतमा राखेका छन् ।

यस बैंकको सर्वश्रेष्ठ खाता अन्तर्गत एम्बासडर श्रेणीमा ग्राहकहरूले मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग सेवाको लागि पाँचवर्ष सम्म कुनै पनि शुल्क तिर्नुपर्दैन ।

एनआई सीले भने एम्बेसडर खाता खोल्ने बित्तिकै पाँच वर्षको लागि यी सुविधाहरू निःशुल्क प्रयोग गर्न सकिने सुविधा ल्याएको छ । त्यस्तै, आरटीजीएस लगायत भुक्तानीमा पनि शुल्क लाग्दैन ।

एनआई सीले भने एम्बेसडर खाता खोल्ने बित्तिकै पाँच वर्षको लागि यी सुविधाहरू निःशुल्क प्रयोग गर्न सकिने सुविधा ल्याएको छ । त्यस्तै, आरटीजीएस लगायत भुक्तानीमा पनि शुल्क लाग्दैन । क्रेडिट कार्ड आवेदन र जारी शुल्क, सप्लिमेन्टरी कार्ड, प्रिपेड डलर कार्ड, इकमर्श सुचारु गर्न कुनै पनि शुल्क लाग्दैन ।

एन आई सी एशिया बैंकले भनेआरटीजीएस, आईपीएस, सीआईपीएसको हरेक पटकको कारोबार निःशुल्क उपलब्ध गराएको छ । साथै, चेक क्लियरिङ शुल्क समेत निःशुल्क गरेको छ । डिम्याट र मेरो शेयर प्रयोगमा भने शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

यसको अर्को निःशुल्क सुविधा भनेको मुलुक भरका कुनै पनि बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क लाग्दैन । एनआईसी एशियाका ४७३ एटीएम शाखा र मुलुक भरका सबै बैंकका ४ हजार भन्दा धेरै एटीएम बाट पनि निःशुल्क रुपमा पैसा झिक्न सकिन्छ । ग्राहकले आफ्नो खाता भएको बैंककै एटिएम खोज्दै जान पर्ने झनझटबाट समेत मुक्ति पाईनेछ ।

त्यस्तै लकरको प्रयोग गर्ने ग्राहकले लकर शुल्क तथा मार्जिनमा १०० प्रतिशत छुट दिइएको छ । एनआई सी एशिया बैंकको लकर शुल्कमा मात्रै शतप्रतिशत छुट होइन लकर मार्जिनमा समेत शतप्रतिशत छुट रहेको छ ।

शेयर बजारलाई ध्यानमा राखेर एनआई सी क्यापिटलबाट पोर्टफोलियो म्यानेजमेन्टको लागि पहिलो वर्ष ५० प्रतिशत छुट उपलब्ध गराएको छ ।

त्यस्तै, विदेशीमुद्रा सटहीको दस्तुरमा २५ पैसाशुल्कछुट प्रदान गरिएको छ ।

२१ लाखसम्मको बीमा सुविधा,अहिलेसम्म ६५५ ले पाए बिमा रकम

एन आई सी एशिया बैंकको सर्वश्रेष्ठ बचत खाताको अर्को आकर्षक सुविधा हो बीमा । यस बैंकले बचत खातामा दिएको बीमा अन्य बैंकको तुलनामा उत्कृष्ट छ ।

विभिन्न शीर्षकमा बैंकल २१ लख सम्मको बीमा उपलब्ध गराएको छ । जस्तो कि खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्णरुपमा असक्त भएमा १० लाखसम्मको बीमा सुविधा छ । त्यस्तै १८ वटा घातक रोगहरूका लागि १० लाख सम्मको बीमा सुविधा र १ लाख सम्मको औषधि उपचार बीमा सुविधा पाउँछन् । सर्वश्रेष्ठ बचत योजनामा अस्पताल भर्ना भएमा ८० हजार रुपैयाँ र ओपीडीको लागि भनेर २० हजार रुपायाँको उपचार खर्च दिएको छ ।

एन आइसी एशिया बैंक को बचत खातामा बीमाबाट धेरै जना लाभान्वित पनि भइसकेका छन् । त्यस्तो बीमा पाउने ग्राहकको संख्या ६५५ पुगिसकेको छ । उनीहरूले अहिलेसम्म ३ करोड ९५ लाख रुपैयाँ बीमा वापतद बुझिसकेका छन् ।

बैंकिङ्ग क्षेत्रमै नौलो पूर्व स्वीकृत कर्जा

सर्वश्रेष्ठ बचत खातामा ग्राहकले पूर्वस्वीकृत कर्जाको फाइदा पाउँदछन् । यस खाताबाट कर्जा लिँदा ग्राहकले ब्याजदर र प्रशासनिक शुल्कमा विशेष सहुलियतको फाइदा पाउँछन् ।

पूर्व स्वीकृतिकर्जा भनेको कुनै ग्राहकको गुडविल एम्बेस्डर खाता खोले वापत तीन महिनाको औषत मौज्दातको दश गुणा बढी ऋण पाउने सुविधा हो । जस्तो कि कुनै ग्राहकको तीन महिनाको १० लाखको औषत व्यालेन्स रहेछ भने उसले पूर्व स्वीकृति कर्जा अनुसार १ करोडसम्मको कर्जा बेसरेटमा थप १ प्रतिशत प्रिमियम र ०.२५ प्रतिशत प्रशासनिक शुल्कमा कर्जा प्राप्त गर्दछ । यस्तो कर्जा प्रदानगर्दा बैंकको आन्तरिक नीतिनियम तथा राष्ट्र बैंकको मापदण्डको अधिनमा रहीकर्जा स्वीकृत हुनेछ ।

स्विप–इन/स्विप–आउट सुविधा

सर्वश्रेष्ठ बचत खातामा स्विप–इन/स्विप–आउटको सुविधा उपलब्ध छ । स्विप–इन/स्विप–आउट भनेको फिक्स्ड (एफडी) र सेभिङ खाता मर्ज गरेर ल्याएको सेवा हो । दुबैको फाइदा एकै खाताबाट सहज रुपमा प्राप्त गर्न सकिने सुविधा हो ।

यदि सेभिङ खातामा तोकिएको व्यालेन्स भन्दा धेरै रकम छ भने फिक्स्डडिपोजिट सरह ब्याज सुविधा पाउन सकिन्छ । मानौं सेभिङ अकाउन्टमा अहिले ब्याजदर ७.०५ प्रतिशत छ र फिक्स्ड (एफडी)मा राखियो भने ग्राहकले १०.०५ प्रतिशत ब्याज पाउँछन् ।

यदि सर्वश्रेष्ठ बचत खातामा कुनै ग्राहकको रकम रू. २ लाख भन्दा माथि लाग्यो भने सो बढी भएको रकम रू. १०,००० को गुणाले भाग जाने हिसाबले स्वत ९० दिनको फिस्क्ड डिपोजिट हुन जान्छ र फिक्स डिपोजिटकै ब्याज आर्जन गर्ने गर्दछ । यसको अर्थ के हो भने बचत खातामा दुई लाख भन्दा बढी हुँदा बित्तिकै बढी भएको रकम फिक्स्ड खाता गएर बस्छ र त्यसै फिक्स्डको ब्याजदर पाउँछ ।

फिक्स्डमा गएर बसेको भए पनि ग्राहकलाई बीचैमा पैसा चाहियो भने पनि सहज रुपमा रकमझिक्न सकिन्छ । ‘प्रि म्याचुअर’को शुल्क लाग्दैन ।

एन आई सी एशिया बैंकले आफ्नो २४ औं वार्षिकोत्सवको अवसरमा ल्याएको ‘सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता’ मा २४ सर्वश्रेष्ठ फाइदाहरू

Link copied successfully